काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्तथल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा दिएका छन् । डिआइजी चन्दले हिजो नै राजीनामा बुझाएका हुन् । तर राजीनामाको कारण भने खुलाएका छैनन् । केही दिनअघि मात्रै त्रिभुवन विमास्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद भएर कुटाकुटसमेत भएको थियो । चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बुझिएको छ । राजीनामाको औपचारिक जानकारी भने नआइसकेको प्रहरी कार्यालयले जनाएको छ। गत वैशाख १३ गते चन्दलाई विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो।