कांग्रेसको ओखलढुङ्गा महासमिति चयनमा सर्वसम्वत

Guest
युवराज पहाडी

ओखलढुङ्गा । नेपाली कांग्रेस जिल्ला पदाधिकारी ओखलढुंगाले महासमिति सदस्यको नामावली टुङ्ग्याएको छ । माघ १९ गते बसेको बैठकले महासमिति सदस्यको नामावली निर्विरोध टुङ्ग्याएको ओखलढुङ्गा सभापति तेजन खनाल (तेजेन्द्र)ले बताएका छन् ।

नेपाली काग्रेस ओखलढुङ्गाले महासमिति सदस्यहरूमा खुल्ला तर्फ वेदबहादुर रोका, खिलानाथ दाहाल, लीलाबल्लभ दाहाल, नवीन राई र सर्वधन तामाङलाई चयन हुन् । चयन भएका मध्य वेदवहादुर रोकालाई सालिन र वौद्धि नेताकारुपमा चिनिन्छ । दाहालद्धय काग्रेसका पुरानो विरासत बोकेका नेता हुन भने लीलाबल्लभ दाहाल अलि हक्की स्वभावका छन् । जिल्लाका लागि सर्वप्रीय पात्रका रुपमा नविन राईलाइ चिनिन्छ भने सर्वधन तमाङ सालिन, भद्रका रुपमा चिनिन्छ ।

यसै गरी खुल्लातर्र्फ महिलामा गोमा केसी र बाला अधिकारी चयन भएका हुन । अधिकारी ओखलढुङगामा सार्वाधिक रुचाइएकी नेत्री मध्येकी एक हुन् । उनी पछिल्लो राजनीतिक गतिविधिमा निकै सक्रिय छिन, जिल्लाको आशा भरोसा वोकेका सिमित नेतामा उनि पर्दछीन । गोमा केसी निडर र हक्की सोभाव भएकी कार्यकर्ता मैत्रि रहेकाले उनीहरुलाई पार्टीले सम्मान गरेको हो ।

खस आर्यमा हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमालक्ष्मी राई र दलित सदस्यमा होमबहादुर बि.क. चयन भएका छन् । दाहाल सामाजिक कार्यमा सक्रीय छन् भने कुमार श्रेष्ठ कार्यकर्तामाझ लोकप्रिय हुन । श्रेष्ठ कम वोल्ने तर काम गर्ने नेतामा गनिन्छन । महासमितिमा निर्वाचित सम्पुर्ण पात्र नयाँ जोस जागरका युवा नेता समेत भएकाले त्यहाका आम कार्यकर्ता भरपुर खुसी छन् । महासमितिमा निर्वाचित अहिलेका सम्पुर्ण नयाँ अनुहार भएपनि लोकप्रिय छन् । तर केही असन्तुष्टी पक्षलेभने यो कार्यसमितिको विरोध गरेका छन् । प्राय सबै समितिमा यस्ता खाले झुण्ड हुन्छन् । तर पनि विना असहमति महासमिति चुनिएको जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत वोध नारायण कटुवालले बताएका हुन्

सम्बन्धित खबर