
काठमाडौं । न्यायको माग गर्दै धर्नामा बसेकाहरुलाई काठमाडौं महानगर प्रहरीले शान्तिबाटिकाबाट हटाएको छ ।
सरकारले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि शान्ति बाटिका सरेका आन्दोलनकारीहरू त्यहाँबाट निकालेर उक्त स्थान खाली बनाएको हो ।
काठमाडौं महानगरले शान्ति बाटिकामा न्याय माग्दै धर्नामा रहेका पीडित र मिटरब्याज पीडितहरु सामान प्याक गर्न लगाएर ठाउँ खालि गर्न लगाएको छ ।















