पालिका अध्यक्ष भक्तबहादुर कार्की भन्छन : एमएमबीएस डाक्टर राखेर शिक्षालाई व्यवस्थित बनाउने दौडमा छु

मिक्वाखोला ताप्लेजुङ

- ईश्वर विश्वकर्मा  

काठमाडौं । नेपालको सुदुर पूर्वी सिमानामापर्ने साविकमा मेची अञ्चल अन्तर्गतका चार जिल्लाहरु मध्ये ताप्लेजुङ कोशि प्रदेशमा पर्छ । यो जिल्ला भारत र चीनसँग सिमाना गाँसिएको छ । पश्चिमी भूभागका चार गाविसहरु खोक्लिङ, लिवाङ, साँवा र पापुङलाई समायोजन गरि मिक्वाखोला गाउँपालिका स्थापना गरिएको हो ।
पौराणिक कालमा तिब्बतबाट आएकी एक युवतीको आँसुबाट खोला बनेको र स्थानीय लिम्बु भाषामा मिक्वाको अर्थ ‘आँशु’ भएकाले यस ठाउँको नामाकरण मिक्वाखोला रहेको हो । मिक्वाखोला गाउँपालिका कालखण्डसँगै मेवा खोलाको नामले चिनिएपनि राज्य पुनर्संरचनाको क्रममा मेवा खोलालाई पुनः मिक्वाखोला नामाकरण गरी ऐतिहासिकतालाई मध्यनजर गर्दै मिक्वाखोला गाउँपालिका नामाकरण गरिएको हो ।
भौगोलिकरुपमा बिकट र दुर्गम भएतापनि मिक्वाखोला गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगाएतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ । यस गाउँपालिका अलैंची खेती, पर्वतारोहण, अवलोकन भ्रमण र जडिबुटी संकलनको दृष्टिकोणबाट महत्वपूर्ण सम्भावना बोकेको गाउँपालिका हो ।
दियोपोस्टसँग स्थानीय सरकारको स्तम्भमा मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्कीसँग दियोपोस्टका ईश्वर विश्वकर्माले गर्नुभएको कुराकानी ।

मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि जनताको लागि पहिलोकाम के गर्नु भयो ?
सडक थिएन सडक बनाउन बनाएँ । पर्याप्त बजेट थिएन संघ संस्था, हाईडोपावरहरुलाई गुहारेर सडकको काम पुरा गरेको छु । विकासलागि हामीले घोषणपत्र जारि गरेका छौं । यहाँको शिक्षा स्वास्थ्य, सडक, कृषि सडकहरु, विभिन्न रोजगारका कामहरु र कृषि उत्पादनमा अगाढी बढेका छौं ।

तपाईले गाउँपालिकाको विकास भन्ने वित्तिकै कस्तो चिजलाई बुझनु हुन्छ ?
पाहाडी इलाका भएकोले पहिलो प्राथमिकता बाटो नै हो । त्यसपछि विजुली, शिक्षा, स्वास्थ्य नै हाम्रो योजनामा परेका छन् । जनतालाई जिबिकोपार्जनका लागि रोजगार मुलक वातावरण सिर्जना गर्नु पनि हो । साथै, स्वास्थ्य क्षेत्रलाई मजबुज बनाउने बनाउनु, शान्तिपुर्ण समाजको निर्माण गर्नु, सोही अनुसार एक ठाउँबाट अर्को ठाउँमा जान सडक बनाउनु नै विकास हो । मिक्वाखोलाको पाँचै वडामा बाटो थिएन । पाँचै वडामा बाटो पु¥याएका छौं । उल्लेखित काममा हामी जोडतोडका साथ लागि परेका छौं ।

स्वास्थ्य, शिक्षा लगाएत आधारभूत विषमा त्यहाका जनताको जिनवस्तर कस्तो छ ?
स्वास्थ्य, शिक्षाको विषमा मिक्वाखोला दुरदराजको गाउँपालिका हो । पहिले चारबटा वडामा मात्र स्वास्थ्य चौकी थिए । अहिले सबै वडाहरुमा स्वास्थ्य चौकी स्थापना गरिएको छ । कर्मचारीका हकमा प्रायाप्त नै छन् । निःशुल्क उपलब्ध गराउने ३२ प्रकारका औषधिहरु जनतालाई सहजै उपलब्ध गराएका छौं । शिक्षाको सवालमा सरकारी स्कुलहरु निकै कमजोर हुँदै गएको अवस्था छ ।
सरकारी स्कूल पढाउने शिक्षकको तलब ३४ दखि ७० हजारसम्म छ । एम एम गरेका शिक्षक छन् तरपनि विद्यार्थी बढी बोडिङ्ग पठाउने र जिल्ला तिर जाने क्रम बढेको छ । यसलाई सुधार गर्ने तिर ध्यान लगाएका छौं ।
बोडिङ्गमा पढेपनि लोकसेवामा सहभागी हुँदा सरकारी स्कूलको शैक्षिक योग्ता चाहीने भएकोले त्यहाका जनतालाई सरकारी स्कूलमा पढाउन जागरुप बनाएका छौं । आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउने र हामीले पनि त्यसै अनुरुप काम गरेको अवस्था छ । र साथै सरकारी स्कूललाई पहिलो प्राथमिकतामा राखेर सुधारको नीतिल्याइ अगाडी बढेका छौं । समग्रमा यहाँका जनताको जिवनस्तर राम्रै सछ ।

कृषिमा सुधारको योजना कस्तो छ ?
कृषिको कुरागर्दा युवाहरु विदेशिने क्रम बढेर गएको छ । घरमा बुढापाकाहरुमात्र छन् । खेतिगर्ने हलो जोत्ने मानिस नै छैन्न् । यति भन्दैमा यो क्षेत्रमा हलो नजोति खानपाउने अवस्था पनि रहदैन । अर्को कुरो प्राविधि संरचनाले हलो जोत्नपनि छाडिसकेका छन् । त्यसकारण यो पालिकामा अलैँचीको मात्रा बढी छ । अलैँचीबाट आमदानी भएको पाईन्छ र बाँच्ने आधारपनि त्यही हो । देश बाहिर गएर केही रकम पठाएरपनि मुख्य स्रोत त अलैचीनै हो । केही जमिन माझोनै छ । यसलाई कसरी अन्न उब्जाउने भनेर हामी योजना बनाउदै छौं । हेरौ राम्रै होला ।
अर्को कुरो रोजगरका लागि यहाँ फ्याक्ट्री छैन् । किसानलाई मजबुज बनाउने भन्ने नै हो । किन की यहाँको आम्दानी खेति भन्दा अन्यबाट हुन सक्दैन् ।
हामी दुरजरामा भएकोले उब्जनी भएको तरकारी बालीका लागि बजारपनि छैन् । त्यसकारण अवका दिनमा सरकार वा पालिकाबाट कृषि एम्बुलेन्सको व्यवस्था गरेर किसनले उब्जाइको फलफुलहरु पालिकाले किनिदिने र बजारसम्म पु¥याउने सोचमा लागि परेका छौं ।

बार्षिक कति जति आम्दनी हुन्छ अलैँची खोतिबाट ?
स्थानीयको हिसाव गर्ने हो भने एक अरबभन्दा बढी पैसा आउछ । तर आएका पैसाहरु जिल्ला, तराईतिरै जान्छन् किनकी बसाई सराईको कारणले जिल्ला तिरै लगानी गर्छन जति आएपनि के गर्नु र ? आफ्नै जन्मभूमिमा बसौ भन्ने सोच कमै छ । सुविधा चाहीएकोले मिठो खाने राम्रै लगाउने सोचले पैसा जिल्ला तिर जाने गरेकोको छ ।

स्थानीय तहले पर्यावरण ध्वस्त बनाएको भनेर महालेखाले आरेप लागाएको छ । त्यहाको अवस्थ कस्तो छ ?
हुनसक्छ ! तर मिक्वाखोला गउँपालिकामा जनताको इच्छा विपरित कार्य भएको छैन् । फेरि अर्को कुरो जनतालाई सुविधा चाहिएको छ । घर घरमा सडक पु¥याउनु पर्ने भएकोले उहाँहरुको सोचाहीलाई पुरागर्नुपर्ने बाध्यता पनि हुन्छ । त्यस अनुसार काम गर्दा कहीँ कतै अप्ठ्यारो भएको होला । तर महालेखापरिक्षकले भने जस्तो पालिका अध्यक्षको मनले चाहेर जस्तो विकासका नाममा ध्वस्तै भएको त छैन् । मैले सुने अनुसार कहीँकतै यस्ता कार्य भएका छन रे । एउटै सडकमा दुईपटक बजेट दिने र आफ्नै तवरले काम गरेको भनेर सुनेको छु ।

उपभोक्ता समितिले आफ्ना मानिस राख्ने र सार्वजनिक खरिद ऐन आकर्षित हुने खालका निमार्ण तथा ठेक्काका कामहरु आफ्नैलाई दिने भनेर महालेखापरिक्षकले आरोप लगाएको छ । त्यस्तो चाही त्यहा भएको छ की छैन् ?
पहिलो चरणको स्थानीय तहको निर्वाचन पश्चात त्यहा कुनै खाले नियम कानून बनेको थिएन । त्यसैले नियम विपरित धेरै काम भएको पाइन्छ । तर अहिले आएर धेरै कुराका मापदण्ड बनेको छ । सबै अनलाईनबाट काम हुने गरेको छ । पारदर्शीता तपाईहरुलाई पनि थाहानै छ । महालेखापरिक्षकले भने जस्तो पहिलेको कार्यकालमा जस्तो मेरो कार्यकालमा भएको छैन् ।
तर फेरी यो पनि हो की, विभिन्न राजनीति दलहरु छन् । एउटा सत्तापक्ष छ भने अर्को प्रतिपक्ष छ । यो अवस्थामा कसरी यस्ता खाले काम हुन्छन र हुँदैन । यस्तै खाले वेथितिलाई सुधारगर्न २०७९ को चुनावमा म मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको हुँ ।
पहिले नेकपा एमालेको सत्ता थियो । अहिले म नेपाली कांग्रेसबाट जनताको निर्वाचित प्रतिनिधि हुँ । केही पहिलेका बेथितिलाई मिलाउन निकै कठीन परेको छ । हामीले खरिद समिति ऐनबाट केही काम गरेका छौं । तैपनि केही वेथितिलाई सुल्झाउन निकै अपठ्यारो परेको अवस्था हो । म दाबीका साथ भन्न सक्छु मेरो कार्यकालमा भ्रष्टचार सून्यमा झारेको छ, हुनेछ र विकासका लागि भ्रष्टचार हुन दिने छैनौ ।

स्थानीय तहमा आर्थिक उलंघनका घटना धेरै हुने गरेको छ भनिन्छ । सुशासन कायम गर्न तपाईले के गर्नुभएको छ ?
पहिलो कार्यकालमा यस्तो भएको थियो होला । अहिले म आएपछि त्यस्तो अनियमितता भएको छैन् । हामीले केही कार्यविधि बनाएर छौं । यसै कार्यविधि अनुरुप चलेका छौं । पहिले निकासी भएको बजेट चेक मार्फत हुने गरेको थियो । अहिले अनलाईन प्रविधि छ । पहिले योजना शाखाले पत्तो दिदैन थियो । आजकल प्रत्यकदिनको आय थाहा हुने गरेको छ । अध्यक्ष र उपाध्यक्षलाई दैनिक जानकारी हुने गरेकोले उलंघनका घटनाहरु भएकै छैनन् ।
यतिमात्र होइन कुनै उपभोक्तालाई चित्त बुझेन भने हेर्न पाउने व्यवस्था मिलाएका छौं । प्रविधि मैत्री र २१औं सताब्दिको अन्तरालमा पनि विकासको मोडालिटी र पारदर्शीता कायम गरेनौ भने लोकतन्त्रको के औचित्य रहन्छ र ? अर्को कुरो हामीले पालिकामा कामगर्ने र गराउने दुवैलाई पुरस्कारको व्यवस्था गर्ने भनेका छौं । र नराम्रो कार्यगर्नेलाई दण्डितको व्यवस्थापनि गछौं भनेका छौं ।

अहिले सम्म पालिकाका कर्मचारी दण्डित भएको अवस्ता छ ?
हिजोका दिनमा भएका थिए । र दण्डित हुनलागेकोलाई झन बचाउने चलन पनि थियो । अबचाही बचाउनु हुन्न भनेर लागेका छन् र बचाउने पक्षमा पनि छैनौ । जनताको चाहाना अनुसार नेताले विकास गरेन भने, त्यो नेतालाई अर्को पटक बहिस्कारनै गर्नुपर्ने हुन्छ । चुनावको बेलामा रक्सी मासु खानदिएर जित्ने र असुल उपर गर्न भ्रष्टचार गर्ने व्यवस्थालाई निर्मूल पार्नु पर्छ भन्ने हो । म त झन भ्रष्टचार सून्य बनाउन खुलेर लागि परेको छु ।

स्थानीयतहको परिकल्पना अनुसार, तपाइको पालिकाको जनताले प्रभावकारी सेवा पाएका छन त ?
स्थानीयतहको परिकल्पना अध्याधीक राम्रो छ । स्थानीयतहका कुन जनता कस्तो खान्छ, कसरी बस्छ, घर र बाटो, आर्थिक अवस्थ कस्तो छ भन्नेसम्मको जवाफदेहिता स्थानीयतहको हुनुपर्छ र छ । मिक्वाखोलामा वा ताप्लेजुङ जिल्लामै कुन राजनीति दलले के गर्छ र कुन जनताले कस्तो खान्छ । कुन समुदाय पीछडिएको छ । कुन समुदाय अघि बढेको छ, भन्ने कुरा प्रष्ट थाहा भएको हुँदा स्थानीयतहलाई थप मजबुझ बनाउन कै लागि यो आएको नीति सतप्रतिशत ठिक छ । तर कहीले काही राजनीतिक उत्तार चडाबबाट कर्मचारुसँग मिलेर केही बेथिती गरेको पाइन्छ । यसलाई रोक्नु पर्छ । मिक्वा खोलाबाट यो बेथिति भ्रष्टचारका विषयमा हामी खुलेर लागेको कुरा पहिलेनै बताएकै छु । स्पष्ट विकास त्यहाका जनताले चाहेको विकास र जनताको भावना अनुरुपनै काम हुन्छ र लक्ष्य पनि त्यही छ । रोजगारी नपाएर युवाहरु बिदेशिने क्रम जारीछ ।

बेरोजगार युवालाई रोजगारी दिन तपाईको कार्यकालमा के कस्तो कार्यक्रम ल्याउनु भएको छ ?
हामीले रोजगार सिर्जनाका लागि र आम्दानी गर्नको लागि तोरि (तेल) बालीलाई प्रोत्साहन दिएका छौं । जस्तो प्रत्येक वडामा तोल पेल्ने मिल स्थापना गरेका छौं । अहिलेका मानिसले दुःख गर्न चाहादैनन । त्यसकारणपनि हामीले तोरि लगाउनु है भनेका छौं । सूर्यमूखि छ¥यौ भने उसले केही नभएपनि ४०/५० लिटर तेल उत्पादन गर्ने भएकोले कृषिमा अध्यक्ष परियोजना ल्याएका छौं । तेलबाली उत्पादन गर्नका लागि कृषिकले गाई पाल्नु पर्ने हुन्छ । त्यसको फाईदा उसलाई दहि मोहीको पौष्टिक आहारा पनि पाउने भयो । र अलैँचि खेतिबालि पनि मिक्वाखोलामा राम्रै हुन्छ ।
अर्को रोजगारी भनेको जडिबुटि प्रशोधनको लागि नेपाल सरकारको जडिबुटी संस्थान सँग कुरा गरेका छौं । जडिबुटी ल्याउनको लािग बाटो भर्खर पु¥याएका छौं । हिमालमा पाईने जडिबुटि ताप्लेजुङ ल्याउने र प्रशोधन गर्ने हो । यस्तो कार्यका लागि ताप्लेजुङ पहिलो पनि हुन्छ । अहिले पाँपुङ वडा नंं ५ मा चटामासी, कुट्की, पिख्मा, बिग, पाचअम्ले, बुढोओखती, बनलसुन, रेडपाण्डा, कस्तुरी, याक, चौरी, भेडा विविध जडिबुटीको खानी रहेको छ ।
यसैलाई निरन्तरर्ता दियौ भने अमेरीका गएसरह हुनेमा विश्वस्त छु । यसैलाई बेरोगराका लागि यस्तै योजना ल्याएका छौं । तरपनि विदेशीने क्रमत कहाँ रोकिएला र ? ठूला ठूला कच्चा प्रदार्थ उद्योग खोल्न सक्ने अवस्था छै्रन् । त्यसका लागि नेपाल सरकारलेनै कृषिमा जोड दिनुपर्ने देख्छु । मलाई लाग्छ २० मुरी धान बनाउनेलाई सरकारले सुविधा र राहतको व्यवस्था गरियो भने, गाउँमा युवाको लर्को लाग्ने देखेको छु ।

अन्तमा, तपाईको यो पाँचवर्षे कार्यकालले मिक्वाखोला गाउँपालिकालाई कस्तो बनाउने छ ?
मेरो सोचाइ अनुसार ताप्लेजुङ्गमा ८ बटा गाउँपालिका छन् । एउटा नगरपालिका छ । नगरापालिका आफैमा पनि मजबुज छ । यस मध्य अविकसीत गाउँपालिका भनेको मेरो गाउँपालिका मिक्वाखोला हो । यो ताप्लेजुङ्ग जिल्लाकै पर्यटन प्रवन्धन धेरै भएको पालिका हो । नेपालको दोस्रो ठूलो धरना फुङ्फुङ्गे हाम्रै पालिकामा पर्छ । लोदेनमा देक्फेखोला यो पनि पर्यटन स्थल हो । त्यहा एउटा सदुपोखरी पनि छ । त्यहा विभिन्न पर्यटन पुग्ने धार्मीक स्थल ठूलो पोखरी हो । हाम्रो पानीको स्रोत पनि त्यही हो । पर्यटन पर्वधनकालागि एउटा कृष्णको मन्दिर राख्ने भनेर तमतयार गरिरहेका छौं । अर्को लोदेन खर्क भयो, चीनसँग जोडिने सिमाना छ । अहिलेचाही सदरमुकामदेखि मिक्वाखोला गाउँपालिकाको कार्यालय हुँदै, फुङफुङ्गे झरनासम्म कालो पत्रे गरिसकेका छौं ।

ताप्लेजुङ पाथिभरा माताको दर्शन गर्न आउने जो भक्तजनहरु छन् तिनिहरु एकदिन बसेर घुम्नको लागि त्यहा सम्म आउने वातावरण मिलाएका छौं । मिक्वाखोला जनतालाई सुशानका लागि काम गरेका छौं । जस्तै तत्काल नागरिकता बनाउने कुरामा जुनसुकै कागज पत्र बनाउनको लागि १०देखि१५ मिनटमै पाउने गरि हेल्प डेक्स राखेका छौं । कर्मचारीपनि अहिले आवश्यकता अनुसार छन् । हाम्रो मिक्वाखोला गाउपालिकामा त्यस्तो ठूलो गुनासो छैन् । यहा आदिवासी जनजाति विभिन्न भाषा धर्म बसेको भूगोलमा म भक्त बहादुर कार्कीलाई निर्वाचित गराएका छन् । जनताको सपनालाई बुझेको छु । शान्ति र समृद्धि गाउँपालिका बनाउन कुनै कसर छाड्ने छैन् ।
पाँच वर्षे कार्यकाल सकेर म जादै गर्दा फेरपनि भक्तनै चाहिन्छ भन्ने वातावरण बनाउनु छ । विकास गरेर चित्त बुझाएर उहाँहरुको मन मुटुमा राखेर छुवाएरै जाने विचारमा छु ।

मैलै सोध्न छुटाएका ! तपाईले भन्न चाहानु भएको केही छ ?
पालिकामा अनिवार्य एमबीबीएस डाक्टर राख्नु पर्छ । शिक्षामा व्यवस्थित बनाउने सोचमा छु । यहाँ शान्तिपुर्ण वातावरण निर्माण होस भन्ने हो । सडकको सवालमा कालो पत्रे बनाउने नै हो । यहाँका मानिस कि काठमाडौं कि अमेरिका बस्छन् । तर जन्म थलो जाँदा कालोपत्रे बाटो हुँदै आउन भन्ने हो । बाटो र विजुलीको अवस्था राम्रो बनाउनु छ । स्थानीयको जिवन उत्साहा र उल्लास होस त्यही सोचका साथ अघि बढेको छु ।

अन्तर्वार्ता :