छालाको समस्या भए डाक्टर कहाँ जाने कि ब्युटिपार्लर !

दियोपोस्ट संवाददाता  

अक्सर मानिसहरु अरुको सामु आकर्षक र भिन्न देखिन चाहन्छन् । सुन्दर र आकर्षक देखिनका लागि उनीहरुले निकै मेहनत गरेका पनि हुन्छन् । यद्यपी, सुन्दरताका मापदण्ड भने निर्धारण गर्न गाह्रो छ ।
साधारणतया, बेदाग र चम्किलो अनुहार । टम्म मिलेका दाँत । चम्किला आँखा । मुलायम ओंठ, सिल्की कपाल र समग्र शरीरको बनावटलाई हेरेर सुन्दरताको बिश्लेषण गरिन्छ । सुुन्दर देखिनका लागि मानिसहरु समय र पैसा दुबै खर्च गरिरहेका हुन्छन् । त्यसका लागि प्राय ब्युटिपार्लर जाने चलन बढ्दो छ ।

तर, सुन्दर देखिने बहानामा बजारमा पाइने गुणस्तरहिन क्रिम तथा अन्य सौन्दर्य प्रशाधनका सामाग्री प्रयोग गर्दा अनुहारको छाला बिग्रिएर झनै कुरुप बनेका उदाहरण पनि प्रशस्तै छन् । त्यसो हो भने, अनुहार चम्किलो र सुन्दर कसरी बनाउने? अनुहारलाई बेदाग बनाउन के गर्ने? जाडो या गर्मीमा आफ्नो छालाको सुरक्षा कसरी गर्ने? र, सुन्दर बन्नका लागि ब्युटिपार्लर जाने या छाला सम्वन्धि विशेषज्ञता हासिल गरेका डाक्टरको सल्लाह लिने? यिनै बिषयमा कुरा गर्नका लागि आज हामी छाला तथा सौन्दर्य बिशेषज्ञ, लेजर सर्जन र बरिष्ठ यौनरोग बिशेषज्ञ डाक्टर ललन खतिवडाको क्लिनिकसम्म पुगेका छौँ । र, आजको कुराकानी सौन्दर्य भनेको के भन्ने प्रश्नबाट सुरु गरौँ है त ।