काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंको ‘अग्र अनुहार’ पुस्तक लोकार्पण रोकिएको छ । लोकार्पण नेपाल आदिवासी पत्रकार संघ (फोनिज)ले अवरोध गरेपछि रोकीएको हो ।
नेपाल पर्यटन बोर्डको सभा हलमा पुस्तक लोकार्पण कार्यक्रममा फोनिजले अवरोध गरेको हो । फोनिजका महासचिव मिलन लिम्बुले गलत इतिहास लेखेर लोकार्पण गर्न लागिएकोले प्रतिष्ठान प्रदेशले प्रकाशन गरेको उक्त पुस्तक कार्यक्रमस्थलबाट खोसिएको थियो ।
उक्त कार्यक्रममा सभामुख देवराज घिमिरे, सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा आउने भनेपनि अन्तिम समयमा स्थगित भएको हो । किनकी पत्रकार महासंघका संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठपनि रहनु पर्ने भन्दै फोनिजले विरोध जनाएको थियो । फोनिजले प्रतिष्ठानको यो गल्तिलाई वर्तमान नेतृत्वले नस्विकार्ने हो भने देशभर आन्दोलनको चेतावनी दिएको छ ।
प्रतिष्ठानले प्रकाशन गरेको यो पुस्तकमा कृष्णप्रसाद भट्टराईदेखि हालसम्मका अध्यक्षको इतिबृत्तान्त समावेश गरिएको छ । तर संस्थापक अध्यक्ष भनिएका सत्यनारायण बहादुर श्रेष्ठबारे केही उल्लेख नगरिएकोले फोनिजले यो पुस्तक जलाउने चेतावनी समेत दिएको छ ।