पाथीभरा याङवरकका अध्यक्ष केशर कुमार सुब्बा भन्छन् : मलेप र ठेकेदार मिलेर उपभोक्ता समितिलाई निरुत्साहीत गरेका छन्

२६ वर्षदेखि एक्ला अध्यक्ष

- ईश्वर विश्वकर्मा  

ताप्लेजुङ । स्थानीय तहलाई विकसीत र अनुशासीत बनाउन के गर्नु पर्छ । गाउँपालकामा स्थानीय तहको परिकल्पना अनुरुप काम भएका छन् । स्थानीय तहका जनताले सेवासुविधा कसरी पाईरहेका होलान् । यस्तै जिज्ञासाका साथ दियोपोस्टले कोशि प्रदेशको ताप्लेजुङ्ग जिल्ला पाथीभरा याङवरक गाउँपाकाको बारेमा सोधखोज गरेको छ ।पाथीभरा याङवरक गाँउपालिका कोशि प्रदेशको मेची अञ्चल अन्तरगत ताप्लेजुङ्ग जिल्लाको पुर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो । यस गाउँपालिकाको कूल क्षेत्रफल ९२.७६ वर्ग कि.मि. हो भने कूल जनसङ्ख्या ११,८०६ रहेको छ ।

पूर्व–उत्तरमा सिरीजंघा गाउँपालिका, पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सिमाना कावेली खोला रहेको छ । यस गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्केपहरा, धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा छन् भने ६ वडाहरु पनि छन् ।

भौगोलिक अवस्था विकासका पूर्वाधारमा पछाडी परेपनि पाथीभरा याङवरक गाउँपाकाको प्राकृतिक सुन्दर्ता अतुलनिय छ । नेकपा एमालेबाट निर्वाचित केशर कुमार सुब्बा २०५४ सालमा पनि गाविस (गाउँ विकास समिति) अध्यक्षमा निवाचित भएका थिए । स्थानीय सरकारको परिकल्पना अनुरुप त्यसपछि लामो समयपछि फेरी चुनाव भयो । त्यस चुनावमा पनि उनै केशर कुमार सुब्बा गाउँपालिका अध्यक्षमा निर्वाचित भए र २०७९ निर्वाचनमा पनि उनै केशर निर्वाचित भएका छन् । उनै केशर कुमार सुब्बासँग दियोपोस्टका ईश्वर विश्वकर्माले गर्नुभएको टेलिफोन सम्वाद  :

पाथीभरा याङवरक गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि जनताका लागि गर्नु भएको पहिलो काम ?
हाम्रो वडामा जाने सडक सञ्जाल थिएन । यो कार्यकालमा वडा वडामा जाने सडक सञ्जाल निर्माण गरेका छौं । स्वास्थ्य चौकीहरु निर्माणदेखि बेवस्थित बनाएका छौं । शिक्षामा केहीमात्रा सुधार गरेका छौं । किनकी भवन थिएन, विद्यालयका लागि भनव बनाएका छौं । गाउँपालिकाको प्रशासनीक भवन निर्माण गरेका छौं । यो मेरो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा सुरुगरेका र पूर्ण नभएका कामदाई पुर्णता दिई रहेको छु । र कानुन निर्माण गर्ने कार्यतिर पनि उत्तिकै लागि परेको छु ।

गाउँपालिकाको विकासलाई कसरी बुझ्नु हुन्छ । विकसित बनाउन सबै पूर्वाधार छन त ?
विकसित बनाउनको लागि सबैखाले पूर्वाधार त छैन् । सडक कालोपत्रे भएको छैन् । तर ट्रयाक्ट खोलेर १२ महिना भित्रनै सञ्चालन गर्ने भनेर लागि परेका छौं । हाम्रो गाउँपालिकामा थुप्रै खोला नालाहरु छन् । खोला नालामा कल्बट बनाउनु पर्नेछ । पुल बनाउनु पर्नेछ । अझ् हाम्रो पालिकामा एउटा खारखोला छ, त्यो खोलादेखि पारिपट्टी तीन र वारीपट्टी तीन वडाहरु छन् । त्यो तीन वडालाई जोड्न पुल निर्माण गर्नुपर्ने छ । एक ठाउनमा एउटा मट्रेवल पुल निर्माण गरिसकेका छौं । यो पुल माघ ३ गते आज उद्धघाटन हुन्छ । अर्को ठाउँमा पनि पुल निर्माण कार्य भएको छ । पाँच बेडको अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएपनि आर्थिक अभावले अस्पताल खोल्न सकिएको छैन् ।

स्वास्थ्य शिक्षामा त्यहाँका जनताको जीवनस्तर कस्तो छ नि ?
स्वास्थ्य शिक्षाको अवस्थालाई हेर्ने हो भने । हाम्रो पालिकामा वालमृत्यूदर कम छ । विद्यालय जाने बालबच्चा विद्यालय जानबाट बञ्चित छ्रैनन । आधाभूत र माध्यामिक गरेर हामीसँग ३६ बटा विद्यालयहरु छन् । सबै विद्यालयमा हामीले बालविकासको व्यवस्था गरेका छौं । विद्यालय भन्दा बाहिरपनि हाम्रो बालविकासको व्यवस्था गरेका छौं । स्वास्थ्यको कुरा गर्ने हो भने, सबै वडमा स्वास्थ्य चौकीहरु छन् । स्वास्थ्य चौकिहरुमा प्रशुतिसेवाहरु पनि उपलब्ध गराएका छौं । तीनवटा स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था गरेका छौ. । हाम्रो योजना अनुरुप ६ बटै वडामा स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था मिलाउने योजना लिएर अगाडी बढेको बढिरहेको छु ।

स्वास्थ्य शिक्षा र कृषिमा सुधारको योजना कस्तो छ नी ?
कृषिको कुरा गर्ने हो भने, हामी नगदे बालीतिर उन्मुख भएका छौ. । कृषिलाई व्यवसायीकरण गर्ने हिसावले अलैँची हुने क्षेत्रमा त्यही अनुरुपको कार्ययोजना ल्याएका छौं । सुन्तला, किबिको लागि पनि योजना बद्ध तवरले अगाढी बढेका छौं । कफी खेतिलाई नगदे बालीमा परिमार्जन गरेका छौं । अर्को काम कपास खेति हुने ठाउँलाई कपास लगाउन भनेका छौं ।

स्थानीय तहले विकासको नाममा जथाभावी पर्यावरण ध्वस्त बनायो भन्छन नी ? त्यहाँको अवस्था कस्तो छ ?
आमरुपमा टोलटोलमा बाटो पुगोस, सबै ठाउमा बाटो पुगोस भन्ने हो । जनताको चाहानालाई पुरा गर्नै परो, भने जस्तो त हुँदैन । तर हामीले पहिलेका बाटोलाई स्तरोन्तिको रुपमा लिएका छौं । त्यसो गर्दा यस्ता खाले पर्यावरणनै ध्वस्त हुने त हुँदैन, र भएको पनि छैन् । केहि जोखिम भएको हुँदा, अलि सुरक्षित रुपले काम गर्नुपर्छ भनेर लागि परेका छौं ।

उपभोक्ता समितिको आडमा आफ्ना मान्छे राखेर निर्माण तथा ठेक्काको कामहरु आफै गर्ने भनेर महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । के यो सत्य हो ?
यो अलिअलि सत्य हो । सत्यको पछाडी ठेकेदारहरुले यो मुलुक विगारेको सन्दर्भमा महालेखापरिक्षक किन चुप लागेर बसेको छ । महालेखापरिक्षक र ठेकेदारहरु मिलेर उपभोक्ता समितिलाई निरुत्साहीत गरेका छन भन्ने लाग्छ । तर हाम्रो सवालमा भन्ने हो भने ठेकेदारले भन्दा उपभोक्ता समितिले गरेको काम स्तरीय, समयमै सकिने भएको छ ।
तर ठेक्कामा दिएको परियोजना ठेकेदारले अलपत्र पारेर हिडेको मैले बुझेको छु । कुरो यो पनि होकी ठेक्का लिने, सरकारसँग पैसापनि लिने र पैसाचाही प्लटिङमा लगाउने र काम नगरेर हैरानी दिएको उदाहरण हामीसँग छनै । ठेकेदारले जुन ठाउँमा ठेक्का लियो त्यहा खाना खाएको पैसा, कामदारको पारिश्रमीक समेत न तिरेर हिडेको हामीसँग प्रमाण प्रसस्तै छन् । र यो समस्या हाम्रो गाउँपालिमा झनै छ ।
त्यसकारण मेरो सुझाब चाही यो ठेकेदारी प्रथालाई अन्त्य गरेर जनतालाई प्रत्यक्ष सहभागी गराएर हामीले राम्रोसँग अनुगमन गरेको अवस्थामा धेरै राम्रो हुन्छ । मेरो तेस्रो कायकाल हो, पहिलापनि वडा अध्यक्ष भएको मानिस हुँ । त्यसैले ठेकेदार भन्दा धेरै राम्रो उपभोक्ता समितिलाई दिँदा हुन्छ भन्ने लाग्छ ।

अब अर्को कुरो, मानिस आफ्नो र अर्काको हुँदैन् । मानिस एउटै हो, मात्र व्यवहार फरक हो जस्तो लाग्छ । ‘तपाईको नानीको हात आगोमा परो, र आफ्नो पनि आगोमा परो भने पहिला आफ्नो हात झिक्नु हुन्छ ।’ भनेपछि आफ्नो अर्काको भन्नु भन्दापनि नाताबाद भनेको जेनेटीक चिज हो । तर नाताबादको नाममा बर्बादी गर्नु हुँदैन, नाताबाद भनेको चाही हट्ने चिज पनि होइन । तर उपभोक्ता समितिको नाममा जुन तरिकाले अफवाहा आएको छ यो भनाईलाई म स्वीकाने वाला छैन् ।

स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना धेरै हुने गरेका छन् भनिन्छ । सुशासन कायम गर्न कस्ता कार्ययोजना बनाउनु भएको छ ?
स्थानीय तहमा ब्रह्मलुटै भएको छ, आर्थिक अनुशासन भङ्ग भएको छ, भन्ने कुरामा म विश्वास गर्दिन् । पहिले पहिले बजेट शहरमा धेरै भएकोले त्यहा भ्रष्टचार हने गरेको थियो । स्थानीय तहको परिकल्पना अनुसार गाउँमा पैसा धेरै आउन थालेको छ । गाउँमा आएको त्यही धेरै पैसा पहिलेको शहरमा जस्तै भ्रष्टचार हुन्छ भनेर महालेखाले भनेको हुनु पर्छ । तर महालेखापरिक्षको हेराई गलत हो ।
हामी जनताको वरिपरी छौं । उनीहरुको निगरानीमा हामीले विकास गरेका हुन्छौं । हामीलाई जनतासँग डर छ । त्यसकारण पनि महालेखापरिक्षकले लगाएको आक्षेप अनुसार यहाँ उलंघन भएको छैन् । सुगम ठाउँमा हुने विकासको रकम र, दुर्गम ठाउँमा हुने विकासको रकममा फरक पर्छ । दुर्गम ठाउमा ढुवानी खर्चदेखि सम्पूर्ण खर्चमा धेरै लाग्ने भएकोले सुगमलाई हेरेर दुर्गमको विकासमा आर्थिक उलंघन भयो भन्नु गलत हो । यस्ता खाले काममा हामी अतिनै सचेत भएका छौं । महालेखा आउँदापनि हामी बसेर छलफलका साथ जानकारी भएको पाउनु हुन्छ ।

स्थानीय तहको परिकल्पना अनुसार जनताले सेवासुविधा पाएका छन त ?
एकदम पाएका छन् । यो परिकल्पना अनुसार हामीले जनतालाई सेवा दिदै आएका छौ. । अहिले घरघरमा बाटो पुगेको छ । वडा वडामा हेल्थपोस्टहरु सञ्चालनमा छन् । गर्भवतीका लागि प्रशुतिसेवाहरु सुचारु भएको छ । आधारभूत तहमा शिक्षादेखि सामान्य कुरमा व्यापक सुधार गरेका छौं ।

बेरोजगार युवालाई रोजार दिन कस्तो कार्ययोजना ल्याउनु भएको छ ?
बेरोजगार र रोजगार युवा भन्ने बारेमा मेरो फरक बुझाई छ । मैले यो बारेमा रिसर्चपनि गरेको छु । जो व्यक्ति आफुलाई बेरोजगार छु भनेर स्वीकार गर्छ की गर्दैन् । तपाई पत्रकार हुनुहुन्छ, अब तपाई रोजगार हो की बेरोजगर भन्ने सवाल हो । हाम्रो जिल्लामा अलैँची धेरै हुन्छ । यहाँका किसानले वार्षिक ५० मन अलैँची उत्पादन गर्छन । अलैँची किसानको उत्पादन भनेको वार्षिक २५ लाख कमाई हुन्छ । उ सरकारी जागिरेपनि होइन अब उसलाइ रोजगार भन्ने की बेरोजगार ।

एउटा सरकारी कार्यालय सहयोगीको वार्षिक आम्दानी २, ३ लाख हुन्छ । त्यस्तो व्यक्तिलाई चाही रोजगार । जसरले वार्षिक ५० लाख आम्दानी गर्छ उसलाई बेरोजरा । के तपाईलाई लाग्छ, नेपालमा बेरोजगार युवा छन भनेर । त्यसकारण बेरोजगर कस्ले कसलाई भन्ने हो । अब बेरोजगार आफै हो भन्ने हो भने, उ सँग कस्तो खाले क्षमता छ भन्ने रोजगार सिर्जना गरेका छौं ।

अन्तमा, पाँच वर्षे कार्यकालमा पालिकाका जनताले के पाउछन र के गुमाउने छन् ?
सबैभन्दा पहिले हामीले देखेको शिक्षा स्वास्थ्य र रोजगारीमा जनतालाई समुन्नत बनाउने हो । सुखी खुसी बनाउने हो । अर्को कुरो जनता कति खुसीछन भन्ने सवालपनि विकास सँग जोडिदो रहेछ । त्यसकारण जनतालाई खुसी सुखी बनाउने हाम्रो योजना रहने छ ।

टेलिफोन सम्वाद  :