
काठमाडौं । २०६० साल तिर काठमाडौंका साँघुरा गल्लिहरुमा कपडा हातमा बोकेर बिक्री गर्ने मिर हसन हबारी अहिले केही काजगका ठेली बोकेर दौड–धुममा छन् । हबारीले जीवनभर कमाएको सबै सम्पत्ति सबै ठगी भएपछि उनी न्यायका लागि कहिले यता कहिले उता भौतारिरहेका छन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–२ का कुमार प्रसाद ढकालले २५ लाख नगद र ४ आना जग्गाको कागजात नै लिएर अहिले सम्पर्कविहीन छन् । फूटपाथ व्यापारकै क्रममा चिनजान भएका ढकालले जग्गा घर बनाउन जग्गा खोजीरहेको हबारीलाई अकाँको जग्गा आफ्नो भन्दै ८० लाख बराबर ठगी गरेका छन् ।
४३ वर्षका ढकाललाई हबारीले चिनजान भएकै आधारमा २५ लाख नगद र ४ आना जग्गाको कागजात दिएका हुन् । ढकालले नगद र जग्गाको कागजात लिएर भागेपछि हबारी अर्धचेत जस्तो अवस्थामा न्यायका लागि प्रहरी प्रशासन धाइरहेका छन् ।
ढकालले जन्मजात नै शारीरिक रुपमा अशक्त्त हबारीलाई विभिन्न प्रलोभन पारेर ठगी गरि बेपत्ता भएका हुन् । हबारले १० लाख ५ वर्ष पहिले दिएका थिए भने, १५ लाख ३ वर्ष पहिले दिएका थिए । त्योसँगै १८ महिना अगाडी मात्रै आफ्नो नाममा भएको ४ आना जग्गाको कागजातसमेत दिएको बताए ।
१८ महिनाअघि कुमार प्रसाद ढकालले जग्गामा लगानी अपुग भएको भन्दै हबारीको काठमाडौं स्थित नैकापको ६० लाख बराबरको ४ आना जग्गापनि बेचेर ठगी गरेको उनलको भनाई छ ।
बसपार्कस्थित बिजि मलमा मोबाइल पसल समेत चलाएर बसेका ढकाल अहिले बेपत्ता छन् । यता, न्याकालागि भौतारिरहेका हबारीले केहीदिन अघिम जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी लिएर पुगे । तर, ठगी अभियोगमा जाहेरी दिन समय सकिएको भन्दै प्रहरीले जाहेरी लिन मानेन ।
पर्सा निवासी मिर हसन हबारीसँग दियोपोस्टले गरेको कुराकानी (अन्तर्वार्ता)
सम्बन्धित समाचार
एउटा हात नभएका मिर हसन ठगीए : लाखौँ रकम र जग्गा ठगेर नुवाकोटका कुमार ढकाल फरार !