युके पठाउने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं। रोजगारीको प्रलोभ देखाएर युके पठाउने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्। युके पठाउने भन्दै ३७ लाख ५० हजार ठगी गर्ने ३७ वर्षीय मदन भण्डारी पक्राउ परेका हुन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भइ काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने भण्डारीलाई टेकुबाट पक्राउ गरिएको हो।

भण्डारीले युके पठाइदिन्छु भन्दै एक व्यक्तिबाटै ३७ लाख ५० हजार रुपैयाँ लिएर फरार भएका थिए । आफू ठगिएको भन्ने थाहा पाएपछि पीडितले दिएको उजुरीका आधारमा भण्डारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

हाल पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।