कैलालीको गोराङ्गेमा बस दुर्घटना हुँदा १ जना घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । साेमबार काठमाण्डौंबाट धनगडी जाँदै गरेको गोराङ्गेमा दुर्घटना भएको छ । कैलालीको लम्कीचुहा –३ गोराङ्गेमा सु‍.प. प्रदेश ०४-००१ ख ००२ नम्बरकोे शिवपुरी यातायात ४५ जना यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटना हुँदा दार्चुला जिल्ला वर्ष २२ की सपना बोहोरा बेहोस अवस्थामा लालारत्न अस्पातलमा उपचार भइरहेको, ४ जना घाईते अवस्था सामान्य र बाँकी यात्रु सकुशल रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।