बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडाैँ । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

शुक्रबार बिहान बर्दियाको मधुवन नगरपालिका(७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको  चितुवाको आक्रमणबाट मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल(भारत सीमा क्षेत्रमा उनी बाख्रा चराउन गएका बला बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेर होहल्ला गरेपछि चितुवा भागेको थियो। स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेका थिए ।

घाइते भएकी जुनालाई जिल्ला अस्पताल गुलरिया पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।