लापरबाहिका कारण नै जलमग्न बन्यो बबरमहल

दियोपोस्ट संवाददाता  

काठमाडौं । बुधबार दिउँसो पाइप फुटेर पानी पसेपछि बबरमहल क्षेत्र जगमग्न बनेको छ। फुटेको ढल सडकमै बगेपछि बबरमहल अस्तव्यस्त भएको छ । घन्टौं प्रयास गर्दा पनि फुटेको ढलको मर्मत हुन सकेको छैन। बबरमहलको सडक ढलको मर्मत नहुँदा नै जलमन्न बनेको छ । अधिक पानीका कारण आवागमनमा समस्या भएको बताइएको छ। ढलसँगै मेलम्ची खानेपानीको पाइप समेत फुटेको छ।

बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि पानीले विशेष अदालतलगायत सरकारी भवन जलमग्न बनेका छन्। पानी जमेर त्यहाँ रहेका सवारी साधनसमेत डुबेका छन्।

काठमाडौंको बबरमहलमा ढल फुटेपछि सडक नै जाम भएको छ । ढल फुटेर सडकमा बगेपछि दक्षिणतर्फको सडकको लेन बन्द भएको छ ।

ढल फुटेर विशेष अदालत, जिल्ला अदालत तथा वन कार्यालयतर्फ बगेपछि ती कार्यालय जानसमेत सर्वसाधारणलाई समस्या भएको छ ।