प्रधानमन्त्रीओली र सांसद शाहबीच प्रतिनिधि सभामै नोकझोक पर्यो

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । आइतबार प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नका लागि १० जना सांसदले नाम टिपाएका थिए ।

ती मध्ये अन्तिममा थिए, आम जनता पार्टीका सांसद प्रभु साह । उनले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखे ।

तर, प्रधानमन्त्रीलाई उनको प्रश्न चित्त बुझेन । उनले संसद्को रोष्ट्रमबाटै सांसद शाहप्रति आक्रोश व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका छैनन् । ओली र शाहबीच प्रतिनिधि सभामै नोकझोक परेको छ ।

प्रभुले भारतले निम्तो नदिई कुन मुखले भारत जान्छु भन्नुभयो ? भन्ने प्रश्न गरेका थिए ।

यस्तै प्रधानमन्त्रीलाई साहले जनताहरू दिनहुँ विदेश जाँदा यहाँलाई रमाइलो लागेको छ भनेर प्रश्न गरेका थिए । यसको जवाफमा ओलीले आफू म्यानपावरको मान्छे नभएको बताए ।

ओलीले भने, ‘मान्यज्यूको भनाइ आपत्तिजनक छ । ‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा,’ प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै प्रश्न गरे, ‘के म मेनपावर व्यवसायी हो ?’  र यस्तो कुरा गरेका छन् ?’

सिफारिस