अनामनगरस्थित धोबिखोलामा कार खस्यो (तस्विरहरु)

दियोपोस्ट संवाददाता

काठमाडौं । अनामनगरस्थित धोबिखोलामा एउटा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिए । बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन ।
यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।
हेर्नुहोस तस्विरहरुः

 

सिफारिस