प्रकृति लम्सालको मृत्यु प्रकरणमा मुछिएका अड्विक श्रीवास्तव प्रहरीकाे नियन्त्रणमा

दियोपोस्ट संवाददाता  

काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा मुछिएका अड्विक श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ । साथै, सोमबारबाट उनको मोबाइल प्रमाणका रुपमा जफत गरिएको भनिएको छ ।

प्रहरीले प्रकृतिको मोबाइल, ल्यापटप र एउटा डायरी पनि लगेको छ । त्यसको डिजिटल जाँच गरेर यो अनुसन्धानमा प्रमाणहरू जुटाइने भनिएको छ ।

त्यसपछि श्रीवास्ताव भागेर कोलकातास्थित घर जान खोजेका थिए । तर, व्यापक दबाबबीच उनी विमानस्थलबाटै पक्राउ परेका थिए । आरोपी अड्विक सोही कलेजमा बि टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत थिए ।

सिफारिस