
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत् आफूलाई मेयर हो भन्ने बिर्सिएर नेपाली भएर बाँच्ने आधारको माग गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओलीसँग आफूलाई नेपाली भएर बाँच्ने आधार दिन अनुरोध गरेका हुन्। बालेनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई अमेरिकाले करप्ट (भ्रष्ट) भनिसक्यो ,ईन्डियाले भिकारी भनिसक्यो र चिनले मान्छे गन्दैन भन्दै लेखेका छन् ।