भक्तपुरमा तिन मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

दियोपोस्ट संवाददाता

काठमाडौं ।भक्तपुरको सूर्यविनायक नगरपालिका -९ नलिञ्चोकमा गएराति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका -४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो। गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा सूर्यविनायक नगरपालिका -९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ। निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका -११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन्।

सिफारिस