ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । ललितपुरमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-२१ ठूलो खोकना बस्ने ४९ वर्षीय भीमरत्न महर्जनको मृत्यु भएको हो।

सोमबार बिहान ललितपुर महानगरपालिका -४ विष्णुदेवी मन्दिर नजिकै सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री महर्जन घाइते भएका थिए। गम्भीर घाइते महर्जनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो । मंगलबार बिहान अस्पतालले मृत घोषणा गरिदिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले जानकारी दिए। ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

सिफारिस