
काठमाडौं । रारा तालको किनारमा रहेको डाँफे होटेलमा बुधबार राति आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका -९ रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको डाँफे होटलमा बिहीबार राति १२ बजे आगलागि हुँदा पूर्ण क्षति भएको थियाे। होटलको भान्सा कोठाबाट सल्केको आगोले होटलका पाँच वटा भवन, चार वटा टेण्ट जलेर करोडौंको धनमाल पूर्णरुपले क्षति भएको छ। भान्सामा रहेका खाना पकाउने ग्यास पड्कदा अन्य ३ वटा भवनमा समेत आगो सल्केको र चार वटा काठका भवन पूर्णरुपमा खरानी भएका छन ।
आगो नियन्त्रणका लागि निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेना,निकुन्ज रक्षक, कर्मचारी ,नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका थिए।

राति १२ बजे नेपाल प्रहरी हवल्दार विक्रम बहादुर विष्टलाई नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोलि रारा पुगेको थियो ।
हवल्दार विष्टलाई रारामा रहेका प्रहरीले दिएको जानकारी अनुसार होटेलको भान्साबाट आगलागी सुरु भएको थियो ।
रारा घुम्न आएका १०० जना बढी पाहुनालाई होटलबाट उद्दार गरि प्रहरी,सेना र सशस्त्र प्रहरी ले नजिकै रहेका माझघट्टका होटेल, नेपाली सेनाको ब्यारेक,निुकञ्ज कार्यालयमा सारिएको थियो ।
४ वटा भवन,त्यहा रहेका लजिङ्गका सामान, होटेलका सामानहरु पूर्ण रुपमा जलेर खरानी भएकाले करोडौ बढिको क्षती भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी अहिले पनि घटना स्थलमै रहेकाले स्थलगत मुचुल्का पछि एकिन क्षतीको विवरण सार्वजनिक गरिने छ ।
रारा ताल घुम्न आउने पर्यटकका लागि रारा किनारमा रहेको एक मात्र होटेल थियो । रारामा डाफे होटेल र हिरिटेज होटेल रहेपनी ३ वर्ष पहिला पनि हिरिटेज होटेलमा आगलागी हुँदा अहिले सोच जस्तो सेवा दिन सकिरहेको छैन ।
गय राती अर्को डाँफे होटेलमा आगलागी भएकोले अब रारा घुम्न आउने पर्यटकहलाई रारा ताल किनारमा बास बस्न सहज असहज हुने भएको छ । अब पर्यटकले रारा ताल घुमेर बास बस्न माझघट्ट,सल्लेरी,लामाचौर र मुर्माटप जानू पर्नेछ । आगलागी बिहान ३ बजेतिर नियन्त्रणमा आएको थियो ।