भूकम्पको केन्द्रविन्दु भैरवकुण्ड, ६.१ म्याग्निच्युड

दियोपोस्ट संवाददाता

काठमाडौं । शुक्रबार विहानै भूकम्पको धक्का महशुस भएको छ । विहान २ बजेर ५२ मिनेट जाँदा नेपालको राजधानी काठमाडौंसहित आसपासका जिल्ला र छिमेकी मुलुक भारत र चिनमा समेत भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्पको केन्द्रविन्दु सिन्दुपाल्चाेककाे भैरवकुण्ड रहेको देखिएको छ भने भूकम्प ६.१ म्याग्निच्युडको रहेको जनाइएको छ । यद्धपी नेपालको भूकम्प मापन केन्द्रले भने हालसम्म विवरण सार्वजनिक गरेको छैन ।

सिफारिस