नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षिया श्रेष्ठको आज बिहान उपचारको क्रममा महराजगन्जस्थित प्रहरी अस्पतालमा निधन भएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज (शुक्रबार) बिहान ५ बजे मृत्यु भएको हो। शारदा नेपालको पहिलो महिला न्यायाधशि तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश हुन् ।

२०६१ साल वैशाखमा सर्वोच्च प्रवेश गरेकी शारदा ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिईन् । सर्वोच्च पुग्नुअघि उनी उच्च् अदालत राजविराजमा कार्यरात थिईन् । उनको आजै साँझ अन्त्येष्टि गरिन स्रोतले जनाएको छ ।

सिफारिस