काठमाडौं ः प्रिसियस ट्राभल्स एण्ड टुर्स कम्पनिले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेको छ । कम्पनिका संचालक कुमारमणी थपलियाले आफ्नो कम्पनिले हालसम्म कुनै पनि फेक रेस्क्युको धन्दा नगरेको उनको दाबी छ । सन् २०१० देखि संचालित कम्पनिले आन्तरिक तथा बाह्य हवाई टिकट सेवा प्रदान गर्दै आएको र व्यावसायीक नैतिकता कायम गरेको थपलियाको दाबी छ ।
कम्पनि कुनै पनि उद्दारको कार्यमा संलग्न नरहेको र सोसँग सम्बन्धित कुनैपनि वित्तिय कारोबारमा समेत सहभागी नभएको स्पष्ट पारेको छ । समाचारमा आफ्नो नाम समेत समावेश भएकाले जनमानसमा भ्रम सिर्जना भएको भन्दै उनले खण्डन गरेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरिरहेको अनुसन्धानमा जिम्मेवार नागरिकको हिसाबले आफूहरुले सम्बन्धित निकायलाई सहयोग पुर्याउन प्रतिवद्ध रहेको समेत उनको दाबी छ ।
