ठमेलको होटल एटलान्टिक : करोडौं कमाउँदा राज्यलाई ‘शुन्य’ राजश्व ! (प्रमाणसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ फागुन । राजधानीको दरबारमार्ग स्थित केशरमहल चोकबाट ठमेलतर्फ अघि बढ्दै गर्दा सञ्चयकोष भवनको ठीक अघिल्तिरको गल्लीबाट केही मिटर हिँडेपछि एउटा भव्य होटलमा पुगिन्छ–होटल एटलान्टिक काठमाडौं ।


नेपाल भ्रमणमा आउने अधिकांश विदेशी पर्यटकको रोजाईमा पर्ने गरेको यो होटलमा वार्षिक करोडौंको कारोबार हुने गरेको बताइन्छ । तर, राज्यलाई बुझाउनुपर्ने कर भने आम्दानीको केही प्रतिशत पनि नबुझाएको पाइएको छ ।


दियोपोस्टले फेला परेको प्रमाण अनुसार होटलले राज्यलाई ‘शुन्य’ कर बुझाएको छ । केबी लामा नामक व्यक्तिले सञ्चालन गरेको उक्त होटलले यो वर्ष मात्रै होइन हरेक वर्ष शुन्य कर बुझाउँदै आएको पाइएको हो ।


गत पुसमा रुजु भएको कागजातमा पनि उक्त होटलले शुन्य रुपैयाँ कर बुझाएको छ ।
२०७४/७५ को आय अनुसारको कर विवरणमा राज्यलाई भने एक रुपैयाँ पनि नुबुझाइएको पाइएको छ ।


दियोपोस्टलाई प्राप्त प्रमाणमा जम्मा आए ४८ लाख ३५ हजार १ सय ५० रुपैयाँ रहेपनि कर भने शुन्य रुपैयाँ तिरिएको छ ।


आश्चर्य त के छ भने आन्तरिक राजश्व विभाग कार्यालय महाराजगन्जले शुन्य रुपैयाँ कर बुझाउने होटललाई कर चुक्ताको प्रमाण दिएको छ ।


दियोपोस्टलाई प्राप्त भएको कर चुक्ता प्रमाणमा भनिएको छ,–‘यस कार्यालय अन्तर्गत दर्ता रहेको तपाईले आ.व २०७४/७५ को देहाय बमोजिमको आय रकमको आय विवरण मिति २०७५.०९.०१ मा यस कार्यालयमा पेश गरी सो अनुसार देहाय बमोजिमको आयकर दाखिला गरेकाले यो करचुक्ताको पत्र प्रदान गरिएको छ ।’


कर छली गरेको विषयमा होटलको टेलिफोन नम्बरमा फोन गर्दा केबी लामा नामक व्यक्तिले फोन उठाए । उनले अडिटरलाई बुझ्न भन्दै फोन राखिदिए ।

सम्बन्धित खबर

सिफारिस