उमेरहदको विषयलाई लिएर नेविसंघको कार्यकर्ताबिच सानेपामा झडप

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन १२ । नेपाल विद्यार्थी संघको दुई समुहबिच झडप भएको छ । पार्टी कार्यलय सानेपामा संस्थापन पक्ष र सिटौला पक्षका विद्यार्थी संगठनका कार्यकर्ताहरुको झडप भएको हो ।

संस्थापन पक्षका नेताहरु निर्वाचनमा ३२ बर्ष उमेरहदबन्दी लगाउन नहुने पक्षमा छन् भने सिटौला पक्षका विद्यार्थी नेताहरु त्यसको विपरितमा छन् । आइतबार सोही बिषयमा विवाद हुँदाहुँदै एकतर्फबाट ढुंगा प्रहार भएपछि झडप भएको हो ।

विद्यार्थी संगठनका नेताहरु बिच झडप भएपछि सुरक्षाकर्मीले लाठि चार्ज गरेको छ ।

सम्बन्धित खबर

सिफारिस