एआईबीटी कलेजको १ सय ४८ नेपाली एजेन्टको सुचि दैनिक पत्रिकामै छताछुल्ल !

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन १२ । अष्ट्रेलिया अध्ययन गर्न पुगेका करिब १२ सय नेपाली विद्यार्थीहरु यतिबेला बिचल्ली अवस्थामा छन् । अष्ट्रेलियास्थित एआईबीटी कलेज बन्द भएपछि विद्यार्थीहरुको बिचल्ली भएको हो । अष्ट्रेलियन सरकारले एआईबीटी कलेजलाई खारेजी गरेसँगै नेपाली विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्ने गिरोहको पर्दा खुल्न थालेको छ ।

नेपालस्थित विभिन्न एजेन्टहरुले अष्ट्रेलियामा डिप्लोमा अफ नर्सिङ संकायका लागि दर्ता नै नभएको एआईबीटी कलेजमा नेपाली विद्यार्थीहरुलाई पठाउने धन्दा चलाउँदै आएका थिए । यसरी एआईबीटी कलेजको एजेन्टको रुपमा शैक्षिक परामर्श संघका नेतृत्वतहमा रहेका व्यक्तिहरुले नै कार्य गर्दै आएको खुलासा भएको छ । शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरी पाण्डेले सञ्चालन गरेको रोयल एजुकेसन फाउण्डेसन एआईबीटीको आधिकारिक प्रतिनिधि भएको देखिएको छ ।

आइतबारको आर्थिक दैनिकमा खबर छ– राजधानीको बानेश्वरमा कार्यालय रहेको रोयल फाउण्डेसनबाट हजारौँ विद्यार्थी एआईबीटी कलेजमा अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको पाइएको छ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष कवित कटुवालको स्वामित्वमा रहेको यासफोर्ड इन्टरनेशनल कन्सलटेन्सी पनि एआईबीटीको एजेन्ट रहेको पाइएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय शैक्षिक परामर्शसम्बन्धी नेपाली संघ इन्टरनेशनल एजुकेसन इनिसेटिभ अफ नेपाल (आइरिन) अध्यक्ष कुमार कार्कीको स्वामित्व रहेको ल्यान्डमार्क एजुकेसन पनि एआईबीटीको आधिकारिक एजेन्ट रहेको पाइएको छ । एआईबीटीको नेपालस्थित एजेन्टहरुको सूची फेला परेको छ । एआईबीटी कलेजको एजेन्टको सूचीमा रहेकामध्ये अधिकांश व्यक्ति शैक्षिक परामर्शसम्बन्धी संघ÷संस्थाका नेतृत्व तहमा रहेका छन् । यद्यपि केही शैक्षिक संस्थाहरुले भने औपचारिकताका लागि विज्ञप्ति निकालेको देखिन्छ । तर पनि नेपाली विद्यार्थी अलपत्र पार्ने एजेन्टहरुको सूची निकै लामो छ ।



सम्बन्धित खबर

सिफारिस