रसुवाका सांसद प्रेम तामाङलाई तीन दिनभित्र पार्टीको सम्पर्कमा आउन नयाँ शक्तिको चेतावनी

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन १२ । नयाँ शक्ति नेपालका सांसद प्रेम तामाङलाई तीन दिनभित्र पार्टी कार्यलयमा उपस्थित हुन पार्टी केन्द्रिय कार्यलयले आदेश गरेको छ । विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा सांसद तामाङको बारेमा नकारात्मक कुराहरु आउन थालेपछि पार्टी केन्द्रिय समितिले तीन दिन भित्र कार्यलयमा उपस्थित भई सत्यतथ्य प्रस्ट पार्नको लागि निर्देश गरेको हो ।

आइतबार पार्टी संघिय कार्यलयका प्रमुख मोती रिजालले विज्ञप्ति जारी गर्दै तिन दिनभित्र कार्यलयको सम्पर्कमा आउनको लागि आदेश गरेको हो । जारि गरिएको विज्ञप्तिमा उनले पार्टीलाई ढाल बनाएर अपारदर्शी र आर्थिक क्रियाकलापहरु गर्ने, नीजि महत्वकांक्षा र अहंकारलाई कार्यशैलीको आधार बनाउने जस्ता आरोप लगाएको छ । उनि पार्टीको केन्द्रिय कार्यकारी सदस्य रहेपनि लामो समयदेखि वैठकमा समेत उपस्थित नभएको पार्टी केन्द्रिय कार्यलयले जनाएको छ ।

‘नयाँ शक्ति प्रगतिशील लोकतान्त्रिक अग्रगामी राजनीतिक शक्ति निर्माण गर्ने र देशको समृद्धीकरणको युगको नेतृत्व गर्ने उद्धेश्यबाट स्थापित भएको दल हो’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महान् लक्ष्य र उद्धेश्यलाई धुमिल बनाउन गरिने कुनैपनि प्रयाससंग पार्टीले सम्झौता गर्ने छैन ।’

सांसद तामाङ पार्टीले तोकेको तीन दिनभित्र सम्पर्कमा आइ संचारमाध्यममा आएका समाचारहरुका बारेमा प्रस्टोक्ति नदिएको खण्डमा पार्टीको नियमअनुसार कारवाही गर्ने बताइएको छ । उनका बारेमा सत्यतथ्य कुरा पत्ता नलागुन्जेलसम्मका लागि उनलाई पार्टीको सम्पुर्ण जिम्मेवारीबाट मुक्त गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस