काठमाडौँ, फागुन १३ । प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले भ्रष्टाचारको मुद्धा हेर्ने तीन न्यायधीशलाई सरुवा गरेका छन् । न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा भएको न्यायपरिषदले जनाएको हो ।
तीनजनामध्य ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको हो । तीनैजना न्यायधीशहरुले भ्रष्टाचारको मुद्धा हेर्ने र मुद्धाको क्रममा विचौलियाहरुसंग भेटेको उजुरी प्रधानन्यायधीश समक्ष पुगेपछि तत्काल एक्सनमा उत्रिएका हुन् ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कार्यकालमा उनीहरू विशेष अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।
प्रधानन्यायाधीशको नेतृत्व सम्हालेलगत्तै राणाले आक्रामक रुपमा न्यायालय सुधार गर्ने भन्दै न्यायाधीशहरुको सरुवा र छानबिन गरिरहेका छन् ।