अष्ट्रेलियामा विद्यार्थी विचल्ली प्रकरण : कन्सल्टेन्सीलाई चारवर्षे विवरण बुझाउन ७ दिने अल्टिमेटम

दियोपोस्ट संवाददाता

काठमाडौं, १४ फागुन । अष्ट्रेलियाको एआइबिटी कलेज खारेजीसँगै सयौँ विद्यार्थी विचल्ली भएपछि शिक्षा मन्त्रालयले नेपालमा रहेका कन्सल्टेन्सीहरुलाई ७ दिन भित्र विवरण बुझाउन अल्टिमेटम दिएको छ । मन्त्रालयले दैनिक पत्रिकामै सुचना प्रकाशन गरेर अल्टिमेटम दिएको हो ।


मन्त्रालयले सन् २०१६ देखि सन् २०१९ सम्म एआइबिटि कलेजमा पठाइएको विद्यार्थीको विवरण माग गरेको छ । मन्त्रालयको यस्तो पत्र आएपछि कन्सल्टेन्सी सञ्चालकहरु विवरण जुटाउने अभियानमा छन् ।


एआइबिटि कलेजमा नर्सिङका लागि डिप्लोमा पढ्न गएका विद्यार्थीको नामावली सहितको विवरण पनि उपलब्ध गराउन मन्त्रालयले भनेको छ । कन्सल्टेन्सीहरुले ७ दिन भित्र सन् २०१६ देखि २०१९ सम्मका सबै नामावली मन्त्रालयलाई बुझाउनु पर्नेछ ।

सम्बन्धित खबर

सिफारिस