दोलखामा निर्माणधिन जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा

दियो पोस्ट  

उद्धब बिश्वकर्मा

चरिकोट । दोलखामा निर्माणाधीन सातवटा जलविद्युत् आयोजना चालू आर्थिक वर्षभित्रै ५५६ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने भएको छ । यी सबै आयोजनाको काम हालसम्म ९० देखि ९९ प्रतिशतसम्म पूरा भएको छ ।

पाइप जडानको गति बढ्न सके बैशाखसम्म पाइप जडान पूरा गरी असारबाट परीक्षण उत्पादन गर्न सक्ने उनले बताए । अपर तामाकोसी नेपाल विद्युत् प्राधिकरण सहित निजी क्षेत्रको समेत लगानीमा निर्माणाधीन हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । त्यसैगरी निजी क्षेत्रको लगानीमा अन्य ६ वटा आयोजनाको एक सय मेगावाट पनि ६ महिनाभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । यो आयोजना विगू गाउँपालिका वडा नं. १ मा निर्माणाधीन छ । आयोजनाको गोंगरदेखि खिम्तीसम्मको २२० केभीए प्रसारण लाइनको काम पूरा भएको छ ।

सबैभन्दा बढी भौतिक प्रगति हुने आयोजनामा गौरीशंकर गाउँपालिका वडा नं. ७ मा निर्माणाधीन खानी खोला १ जलविद्युत् आयोजना हो । ग्रिनलाइन इनर्जी कम्पनीले निर्माण गरिरहेको ४० मेगावाटको यो आयोजनाको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सिंगटी–लामोसाँघु १३२ केभीएको प्रसारणलाइन समयमा नबन्दा ३ वर्ष अघि नै पूरा हुनुपर्ने यो आयोजना ढिलाइ भइरहेको छ । समय लम्बिँदा आयोजनाको लागतसमेत बढेको छ भने विद्युत् उत्पादनबाट हुने अर्बौं आम्दानी प्रबद्र्धकले गुमाउनु परेको छ । सोही वडामा निर्माणाधीन ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको प्रगति पनि ९५ प्रतिशत बढी छ । गौरीशंकर गाउँपालिका वडा नं. ५ र ६ मा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोलाको भौतिक प्रगति पनि ९७ प्रतिशत बढी छ । सिंगटी खोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजनाको पनि काम ९८ प्रतिशत बढी प्रगति भएको छ ।

घट्टे खोला, तल्लो खारे र सिंगटी प्रसारण लाइन नै कुरेर बसेका छन् । प्रसारण लाइन भएको भए यि आयोजनाले विद्युत् प्रसारण लाइनमा जोडिसक्थे । सिंगटी खोला विगू गाउँपालिका र कालिञ्चोक गाउँपालिका सिंगटी बजारनजिकै छ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरे र दोलखाको जिरी नगरपालिका वडा नं. १ श्यामामा निर्माणाधीन माथिल्लो खिम्ती खोला १ र २ को १९ मेगावाटको जलविद्युत् अयोजनाको प्रगति पनि ९० प्रतिशत बढी छ ।

हिमालयन उर्जा विकास कम्पनीले निर्माण गरिरहेको यि दुवै आयोजना गर्जाङ सव स्टेशनमा जोड्ने लक्ष्य छ । तर गर्जाङ–खिम्ती १३२ केभीको प्रसारण लाइन र सव स्टेशनको काम समयमा पूरा नहुँदा यि आयोजनाको उत्पादन पनि असर गर्छ । खानी खोला, घट्टे खोला, तल्लो खारे खोला र सिंगटी खोलाबाट उत्पादन हुने विद्युत् भने सिंगटी सब स्टेशनमा जोडिन्छ । यी आयोनाका लागि सिंगटी लामोसाँघु प्रसारण लाइन र गर्जाङ–खिम्ती प्रसारण लाइनको काम जग्गासम्बन्धी विवादका कारण ढिलाइ भइरहेको छ ।

सिफारिस