यस्तो खतरनाक ‘स्टण्ट’! नेपालमा पहिलाे पटक देखाइदैँ

दियो पोस्ट  

काठमाडौँ । ‘सितारा’ सांगितिक समुहका चर्चित कलाकार शिव अनुरागले नेपालमा अहिलेसम्म नदेखाइएको ‘स्टण्ट’ पहिलो पटक देखाउने भएका छन् । यहि माघ २४ गते शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाच घरमा एक कार्यक्रमको आयोजना गरि उक्त स्टण्ड देखाउने भएका हुन् ।

आफुले देखाउने स्टण्डका बारेमा जानकारी दिँदै कलाकार अनुरागले भने- “मैले देखाउने स्टण्ट अमेरिका, इन्डिया जस्ता मुलुकमा देखाइने स्टण्ड भन्दा कम हुनेछैन, यो अत्यन्तै जोखिमयुक्त स्टण्ट भएकाले हेर्न आउने जो कसैलाई अचम्म लाग्न सक्छ ।”

कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने आयोजकले बताए । कार्यक्रममा स्टण्टका साथै प्रत्यक्ष सांगितिक कार्यक्रम पनि हुने बताइएको छ । आयोजकले उपस्थितिका लागि सम्पूर्ण कलाप्रेमीहरुलाई अनुरोध पनि गरेका छन् ।

सिफारिस