दीपक मनाङेको कुटाई खाएका मिलन गुरुङ २ लाख धरौटीमा रिहा

दियो पोस्ट  

पोखरा । दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङ २ लाख धरौटीमा रिहा भएका छन् । उच्च अदालत पोखराको आदेशमा फागुन १९ मा उपस्थित हुने गरि उनी तारेखमा रिहा भएक हुन् ।

बैकिङ कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो । यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको र खेलाडिलाई बे वास्ता गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद दीपक मनाङेले झापड हानेका थिए । मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराएका थिए ।

प्रहरीले मनाङेलाई ३ दिन हिरासतमा राखेको थियो । उनी साधारण तारिखमा छुटिसकेका छन् ।