काठमाडौं । चिनमा कोरोना भइरसको प्रकोप बढ्न थाले पछि त्यहाँ रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् ।
मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका छन् ।
चीनको वुहान प्रान्तको हुवेई र अरु शहरमा उद्धारको पखाईमा सरकारको बाटो हेरिबसेका आफ्ना छोराछोरीको उद्धार यथासक्य चाँडो गर्न उनीहरुले माग गरेका छन् ।