घाँटी काटेको अवस्थामा मोरङको उखुबारीमा युवतीको शव फेला

दियो पोस्ट  

विराटनगर । मोरङको विराटनगर १२ बखरीमा रहेको उखुबारीमा एक युवतीको शव भेटिएको छ ।

घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव रहेको उखुबारीमा भेटिएको हो ।

शवको पहिचान नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । उनले अनुसन्धान जारी रहेको बताए ।