आज बस्ने भनिएको संसद बैठक ३० मिनेटको लागि स्थगित

दियो पोस्ट  

काठमाडौं । शुक्रबार बस्न लागेको प्रतिनिधिसभा बैठक ३० मिनेटको लागि स्थगित भएको छ । काँग्रेसले आफ्ना नेता तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएको हो ।

यसअघि बिहीबार पनि काँग्रेसले प्रतिनिधिसभाको बैठक स्थगित गरेको थियो । बिहीबारको बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताएपछि बैठक स्थगित भएको थियो ।

सभामुख अग्नि सापाकोटाले संसदले विभिन्न कानुनहरु बनाउनुपर्ने भन्दै काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सापकोटाले बैठक आइतबारसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए ।