त्रिकोणात्मक सिरिजः ओमनबिरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमायो

दियो पोस्ट  

काठमाडौँ, माघ २६ । आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको दोस्रो खेल खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । ओमन बिरुद्ध ब्याटिङ गरिरहेको नेपालले १४ औँ ओभरको पहिलो बलमा सुवास खकुरेलको विकेट गुमाएको हो ।

मोहम्मद नादिमको बलिङमा एलबिडब्लु हुँदै खकुरेल पवेलियन फर्केका हुन् । उनले ४२ बल खेलेर २२ रनको योगदान दिए । सुवासको विकेटपछि ब्याटिङमा पुर्वकप्तान पारस खड्का मैदान प्रवेश गरेका छन् । पारस र कप्तान ज्ञानेन्द्र मल्लले पुराना खेलहरुमा उत्कृष्ठ साझेदारी गरेको रेकर्ड छ ।

आजको खेल जित्ने लक्ष्यमा नेपाल रहेको छ । यसअघिको पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको थियो ।