ओमनबिरुद्ध कुशल मल्लले लिए पहिलो विकेट

दियो पोस्ट  

काठमाडौँ, माघ २६ । आईसीसी विश्वकप लिग टू अन्तर्गत ओमानविरुद्धको दोस्रो खेलमा बलिङ गरिरहेको नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि कुशल मल्लले पहिलो विकेट लिएका छन् ।

मल्लले ११ औँ ओभरको दोस्रो बलमा ओमनका जतिन्दर सिंहलाई बोल्ड गर्दै पवेलियन फर्काएका हुन् ।

टस हारेको नेपालले २ सय ५० रनको लक्ष्य दिँदै बलिङ गरिरहेको छ ।