काठमाडौँ, माघ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको वैठक अवरुद्ध गरेको छ ।
बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारबिरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्धा दर्ता गरेको भन्दै विरोध जनाएको हो ।
आइतबारको प्रतिनिधि सभाको वैठक शुरु हुने बित्तिकै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
सभामुख अग्नी प्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीको विरोधका बावजुद वैठक नचल्ने भन्दै मंगलबार दिउँसो २ बजेसम्मका लागि वैठक स्थगित गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काँग्रेस उपसभापती बिरुद्ध मुद्धा दायर गरेपछि काँग्रेसले सडक र सदन दुबै तर्फबाट दबाव दिने निर्णय गरिसकेको छ ।