सेतीनदीको खोँचमा खसेका युवकको उद्धार कार्य जारी

दियो पोस्ट  

पोखरा । कुकुरलाई बचाउने क्रममा सेतीनदीको खोँचमा खसेका युवकको उद्धार कार्य जारी रहेको छ । पोखराको चाइना पुलको अगाडिबाट खसेका अन्दाजी २३ वर्षका आकाश गुरुङ बिहान कुकुरलाई डोहोर्‍याइरहेको क्रममा खसेको बुझिएको छ ।

सुरुमा उनको कुकुर खसेको र कुकुरलाई बचाउने क्रममा उनी आफैं पनि लडेर खोँचसम्म पुगेका हुन् । उनी लडेको जानकारी प्राप्त भएपछि स्थानीयको सहयोगमा प्रहरी अधिकारीले तत्काल उद्धार कार्य सुरु गर्‍यो । अहिले उनको उद्धार कार्य जारी छ । भूपू ग्यारेजमा काम गर्ने आकाश कामको सिलसिलामा कास्कीमा आएको बुझिएको ।