सेती नदिको खोंचमा खसेका पोखराका आकाश गुरुङको सकुशल उद्धार

दियो पोस्ट  

पोखरा, माघ २७ । पोखरामा सोमबार विहान सेति नदिको खोंचमा खसेका एक युवकको शकुसल उद्धार गरिएको छ ।

पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित सेती नदिको खोंचबाट सोही स्थानका २३ बर्षीय आकाश गुरुङलाई सकुशल उद्धार गरिएको हो ।

आफ्नो कुकुर खोंचमा खसेपछि झिक्न गएका आकाश आफै सो खोंचमा फसेका थिए । स्थानीयहरुले खोंचमा आकाशलाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । खबरपश्चात तत्काल गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराका उद्धार समुह र वडा प्रहरी कार्यलय वैदाम कास्कीका प्रहरी टोली उद्धारमा खटिएका थिए ।

उद्धारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सिफारिस