
काठमाडौँ, माघ २७ । त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । सोमबार बेलुका विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफी सपमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी भएपछि केही बेरका लागि विमानस्थल बन्द गरिएको छ । विमानस्थल प्रहरीका अनुसार विद्युत सर्ट भएपछि उक्त कफी शपमा आगलागी भएको हो ।

आगलागीबाट कुनैपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीलाई नियन्त्रणमा लिनका लागि चारवटा दमकलको प्रयोग गरिएको छ । आगलागीबाट भएको क्षति विवरण भने आउन बाँकी रहेको छ ।