ए डिभिजन लिगमा भरत खवासले पुरा गरे ५० गोल

दियो पोस्ट  

काठमाडौँ, माघ २८ । नेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लवका फरवार्ड भरत खवासले ए डिभिजन लिगमा व्यक्तिगत ५० गोल पुरा गरेका छन् । मंगलबार ब्रिगेड ब्वाइजबिरुद्धको खेलमा खवासले एक गोल गरेसँगै ५० गोलको कोशेढुंगा पार गरेका हुन् ।

ब्रिगेडविरुद्ध खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । भरतले जर्ज प्रिन्स कार्कीको क्रसमा हेड गोल गरेका हुन् । यस गोलसँगै भरतले शीर्ष लिगमा आफ्नो व्यक्तिगत ५० गोल पुरा गरेका हुन् ।

एु डिभिजन लिगमा ५० गोल पुरा गर्ने भरत सातौं खेलाडी हुन् । भरतले संकटा क्लबबाट शीर्ष डिभिजन लिगमा डेब्यु गोल गरेका थिए । त्यसपछि नेपाल पुलिस क्लब हुँदै भरत आर्मीबाट खेलिरहेका छन् ।

यस अघि बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ, सन्तोष साहुखल, गणेश लावती र अनिल गुरुङले ५० गोल गरिसकेका छन् ।यस्तै लिगमा १०० गोल पुरा गर्ने कीर्तिमान भने च्यासलका सन्तोष शाहुखलको नाममा रहेको छ ।

prabhu bank Add