गुण्डा नाइके रमेश बाहुनलाई ७५ हजार जरिवानासहित १० बर्षको कैद फैसला

दियो पोस्ट  

काठमाडौँ, माघ २८ । गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेललाई काठमाडौँ जिल्ला अदालत १० बर्षको कैद सजाय सुनाएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायधीश नवराज दाहालको इजलासले गुण्डा नाइके रमेश बाहुनलाई लागु औषध मुद्धामा दोषी ठहर गर्दै ७५ हजार जरिवाना र १० बर्षको जेल सजायको फैसला सुनाएका हुन् ।

सरकारले १४ साउन, २०७१ मा बाहुनबिरुद्ध लागुऔषध मुद्दा दायर गरेको थियो । बाहुन १० असार २०७१ मा २८.४ ग्राम खैरो हिरोइनसहित काठमाडौंको कलङ्कीबाट पक्राउ परेका थिए । उनी हाल सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामै छन् ।