आइजीपी खनालद्धारा अडिटोरियम र ब्यारेक भवन उद्घाटन

दियो पोस्ट  

काठमाडौँ, माघ २८ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यलय परिसरमा निर्माण भएको दुई भवनहरुको उद्घाटन गरेका छन् । मंगलबार आयोजित छुट्टाछुट्टै समारोहकाबिच आइजिपी खनालले नवनिर्मित अडिटोरियम भवन र महानगरिय प्रहरी पहरा गण सामाखुशीमा निर्मित ब्यारेक भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन समारोहमा आइजिपी खनालले भवन निर्माण कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने कन्सल्ट्यान्ट इन्जिनियर डा. पुरुषोत्तम डंगोल, निर्माण व्यवसायी नवराज श्रेष्ठ, प्रहरी वरिष्ठ उपरिक्षक फणिन्द्र बराल र प्र्रहरी निरिक्षक रोशन सारुलाई प्रसंशासमेत वितरण गरेका छन् । उनले छोटो अवधीमै भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा आभार समेत प्रकट गरे ।

कार्यक्रममा बोल्दै आइजिपी खनालले कानुन कार्यन्वयन गर्ने क्रममा कसैको पनि प्रभाव र दबावमा नपरि सबै प्रहरी कर्मचारीहरुले निष्ठापुवर्क तथा इमान्दारिका साथ जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । उनले संगठनको सुधार एवंम आनतरिक सुदृढीकरणको लागि आफु सदैव लागि परेको चर्चा गर्दै प्रहरी अधिकृत तथा जवानहरुको मनोबल सुदृढीकरणको लागि अनवरत रुपमा अगाढी बढेको बताए ।

समारोहमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई. लोकेशचन्द्र सिंहले स्वागत मन्तव्य तथा भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रहरी प्रधान कार्यालय परिसरभित्र नेपाल सरकारको नियमित बजेटबाट नवनिर्मित आधुनिक, सुरक्षित र समय सापेक्ष निर्माण सम्पन्न भएको अडिटोरियममा बढी क्षमता सहितको मुख्य हल, कन्फेरेन्स तथा मिटिङ हल रहेका छन् । । साथै महानगरीय प्रहरी पहरा गण सामाखुसीको परिसरभित्र नेपाल सरकारको नियमित बजेटबाट निर्मित ब्यारेक भवनमा पहरा गण, सवारी महाशाखा, विपद् व्यवस्थापन महाशाखा, सिनियर प्रहरी आवास, कक्षाकोठा र परिक्षार्थी ब्यारेक रहेका छन् ।