काठमाडौँ, माघ २७ । गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरिक्षक (आइजिपी) बनाउने प्रस्ताव तयार पारेको छ । गृहमन्त्री रामबहादुर थापा बादल सहित गृह सचिव महेश्वर न्यौपानीको छलफलपछि आइजीपीको रुपमा ज्ञवालीलाई प्रस्ताव गर्ने निर्णय भएको हो ।
निर्णयसहित उक्त प्रस्ताव केही क्षणपछि बालुवाटारमा बस्न लागेको मन्त्रीपरिषद वैठकमा छलफल हुने छ । प्रधानमन्त्री केपी शर्मा ओली समेत ज्ञवालीलाई नै आइजिपी बनाउन सहमत रहेको स्रोतको दावि रहेको छ ।
हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । आइजिपीका लागि ज्ञवालीलाई गृहले सिफारिस गरको हो ।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।