अमेरिका १२ ओभरमा ३५ रन बनाउँदै अलआउट, सन्दिपले लिए ६ विकेट

दियो पोस्ट  

काठमाडौँ, माघ २९ । आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिका नेपालसामु निरिह देखिएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा ३५ रन बनाउँदै अल आउट भएको छ । यसअनुसार नेपालले ३६ रनको लक्ष्य पाएको छ ।

एकदिवसीय सिरिजामा नेपालले पाएको लक्ष्य अहिलेसम्मको कम स्कोर हो ।

अमेरिकालाई कम स्कोरमा समेट्नका लागि सन्दिप लामिछानेले सर्वाधिक ६ विकेट लिए । त्यस्तै सुशन भारीले ४ विकेट लिए । अमेरिकाका जाभियर मार्सलले १६ रन लिए । अरु खेलाडीहरुले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपाल ब्याटिङकोे तयार गरिरहेको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।