अमेरिकामाथि नेपालको सानदार जित, सन्दिप र सुशनको उत्कृष्ठ बलिङ

दियो पोस्ट  

काठमाडौँ, माघ २९ । आइसीसी बिश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गतको बुधबार भएको खेलमा नेपालले अमेरिकामाथि सानदार जित दर्ता गरेको छ । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओेभरको दोस्रो बलमा २ विकेट गुमाउँदै पुरा गरेको हो ।

नेपालले एकदिवसीय क्रिकेटको इतिहासमै सबैभन्दा कम स्कोर पछ्याएको हो । जित्नका लागि पुर्वकप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरिले क्रमशः २० र १५ रन बनाए । ओपनिङ गरेका कप्तान ज्ञानेन्द्र मल्ल १ रन बनाएर आउट हुँदा उनिसँग साझेदार गरेका सुवाश खकुरेल शून्य रनमै आउट भए । त्यसपछि पारस र दिपेन्द्रले क्रिज सम्हालेका हुन् ।

अमेरिकालाई सस्तो रनमा समेट्नका लागि दुई स्पिनर सन्दिप लामिछाने र सुशन भारीले उत्कृष्ठ बलिङ गरे । सन्दीपले व्यक्तिगत ६ विकेट लिए भने शुसनले ४ विकेट लिए ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।