चितुवाको छाला र भालुको पित्त सहित नुवाकोटका २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौँ, माघ २९ । महानगरिय अपराध महाशाखाले संरक्षित जनावर चितुवाको छाला र भालुको पित्त सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट बेलकुट नगरपालिका–११ मजुवाका २५ बर्षीय विकास तामाङ र ककनी गाउँपालिका–४ निगालेका २१ बर्षीय सुवास लामा रहेका छन् ।

सोमबार काठमाडौँको तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा खटिएको प्रहरीले उनिहरुलाई रंगेहात पक्राउ गरेको हो ।

दुबै जनालाई जनावरको अंग बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।