प्रहरी संगठनमा नयाँ आइजिपीको इन्ट्री, हेडक्वार्टरमा भव्य स्वागत

दियो पोस्ट  

काठमाडौँ, माघ २९ । ७२ हजार भन्दा धेरै प्रहरी अधिकारीहरुको नेतृत्व गर्दै ठाकुरप्रसाद ज्ञवाली नेपाल प्रहरीको २७ औँ आइजिपी नियुक्त भए । उनलाई बुधबार प्रहरी प्रधान कार्यलयमा एक बिशेष समारोह आयोजना गरि दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई आइजीपीको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

नवनियुक्त आइजिपी ज्ञवालीले बुधबार देखी नै पदभार सम्हाल्ने छन् । समारोहमा बोल्दै नवनियुक्त आइजीपी ज्ञवालीले प्रहरी संगठनलाई गृह मन्त्रालय मातहतको उत्कृष्ठ नमुना संगठन बनाउने उद्घोष समेत गरे ।

समारोहमा गृहसचिव महेश्वर न्यौपानेले प्रहरी संगठनको नेतृत्व तहमा प्रतिस्पर्धाको भावना अत्याधिक भएको बताएका छन् । प्रहरीको उच्च तहमा सांगठनिक भन्दा व्यक्तिगत प्रतिस्पर्धा बढेकोप्रति उनले गुनासो गरे ।

मंगलबारको मन्त्रीपरिषदको वैठकले ज्ञवालीलाई आइजिपीमा नियुक्त गरेको हो । निवर्तमान आइजिपी सर्वेन्द्र खनालको सेवाअवधी समाप्त भएपछि सरकारले नयाँ आइजिपी चयन गरेको हो । मंगलबार नै एक समारोहका साथ अवकाश भएका प्रहरी अधिकारीहरुको बिदाई गरिएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।