
काठमाडौँ, माघ २९ । वागमती प्रदेशको भौतिक पुर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् । मंगलबार वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले फुयाँललाई भौतिक पुर्वाधार विकास मन्त्रीको रुपमा नियुक्त गरेका हुन् । उनलाई आज सपथ ग्रहण गराइने वागमती प्रदेश सरकारले जनाएको छ ।
यसअघि वागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री भएका केशव स्थापित बर्खास्त भएपछि मुख्यमन्त्री पौडेलले नै उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । नवनियुक्त मन्त्री फुयाँल यसअघिका संविधानसभा सदस्य समेत हुन् । उनि नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशका प्रमुख सचेतक समेत हुन् ।