काठमाडौं । पुल्चोकको एक सुन पसलमा लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय पुरुषसहित एक जना महिला छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङले २१ माघमा शाक्य सुन पसलमा भएको चोरीमा संलग्न भएको देखिएपछि सुरज पोद्दार, चन्दन पोद्दार र रविन पोद्दारलाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्ने महिलाको नाम खुलेको छैन । उनीहरुले बिहानको राति २ देखि ३ बजेको बीचमा ताला फुटाएर चोरी गरेका थिए । तर, पसलमा भएको सीसी क्यामराको आधारमा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार कवाडी सामान संकलन गर्ने भेषमा दिनभर घुम्ने टार्गेट छान्ने गरेको देखिएको छ । प्रहरीका अनुसार उनीहरुले करिब एक करोड रुपैयाँ बराबरको गरगहना चोरी गरेका थिए ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।